Saroj Khadka

काेरियामा साहित्यकार प्रगति रार्इकाे उपन्यास बिर्सिएकाे मृत्यु मा विमर्श हुने
[2018-05-28 오전 11:36:00]

'वादी विज्ञप्ति' कविता संग्रह मार्फत नेपाली साहित्यमा प्रभावशाली उपस्थिति देखाएकी साहित्यकार प्रगति रार्इकाे दाेस्राे उपन्यास भर्खरै बजारमा अाएकाे छ । दाेस्राे उपन्यासमा पाठकहरूले देखाएकाे सद्भाव र प्रतिक्रियामार्फत उत्साहित साहित्यकार रार्इ अहिले काेरियामा हुनुहुन्छ ।

काेरियालार्इ कर्मभूमि बनाएर काम गर्दाकै अवस्थामा लेखिएकाे पहिलाे उपन्यास 'लेखककी स्वास्नी' बजारमा अाएकाे करिब ४ वर्षपछि दाेस्राे उपन्यास लिएर पुन काेरिया अाउनुभएकाे छ । पाठकहरूसँग दाेस्राे उपन्यासकाे विमर्श गर्नु नै काेरिया भ्रमणकाे उदेश्य रहेकाे साहित्यकार रार्इले बताउनुभयाे ।

कार्यक्रममा साहित्यिक सृजना वाचन पनि हुने बताइएकाे छ । अागामी जुन ३ तारिख अाइतबार सउलस्थित दाेंदेमुनमा हुने जनाइएकाे छ । नेपाली साहित्य समाज द.काेरिया र अाप्रवासी मिडिया एमडब्लुटिभीकाे संयुक्त अायाेजनामा कार्यक्रम हुन लागेकाे हाे । कार्यक्रममा उपस्थितिकाे लागि काेरियास्थित सम्पूर्ण साहित्यप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलार्इ अामन्त्रणा गरिएकाे छ ।

२०७४ काे टपटेन(उत्कृष्ट १०) महिला साहित्यकार प्रगति रार्इ फरक भाषा, शैली र प्रस्तुतिमा ध्यान दिने प्रगति राईको पहिलो कविता सङ्ग्रह ‘वादी विज्ञप्ति’ निस्कँदा धेरैले उनको लेखनलाई महत्व दिएका थिएनन् । उनको दोस्रो कृति ‘लेखककी स्वास्नी’ उपन्यासपछि भने उनी सबैको नजरमा परिन् । उनकाे कृति ‘लेखककी स्वास्नी’ले लेखक र पुरुष प्रवृत्तिको भण्डाफोर गरेको थियो । वर्ष ०७४ मा उनको कृति ‘बिर्सिएको मृत्यु’ले भूकम्पबाट पीडित परिवारको कथा भनेको छ ।

नारीवादी दृष्टिकोणलाई फरक ढंगले ब्याख्या गर्ने उनको शैली गज्जब छ । लेखनीसँगै सामाजिक सेवामा पनि लागेकी प्रगतिले महिलालाई वंशाधिकारको वकालत गरेपछि उनको मागले बजार तताएको थियो । उनको कार्यशैलीलाई कतिपयले पारिजातको नेतृत्वमा भएको ‘राल्फा आन्दोलन’को झल्को दिएको समीक्षकहरुको ठहर छ ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com