nepalikorea

साहित्यकार प्रगति राईको बिर्सिएको मृत्यु विमर्श कार्यक्रम अन्तिम तयारीमा
[2018-05-27 오후 2:33:00]

महिला मानवअधिकारकर्मी तथा साहित्यकार प्रगति राईको बिर्सिएको मृत्यु एक विमर्श एवम् साहित्यिक सृजना वाचन २०१८ कार्यक्रम यहि जुन ३ तारिख सिओलको तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेन्टमा भव्य रुपमा सफल बनाउनको निम्ति अन्तिम तयारीमा रहेको कार्यक्रम आयोजक कमिटि नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष एल्जी विवश गुरुङले जानकारी दिनु भयो ।

अध्यक्ष गुरुङले कार्यक्रमलाई थप आर्कषक, रोचक र मनोरन्जन दिनका लागि विमर्शमा कोरियाका वरिष्ठ साहित्यकारहरु मिलन कान्छा किरां“ती, पराजित पोमू, प्रमोद सारङ्ग लगायत स्थानीय श्रष्टाहरुको कविता वाचन रहेको बताए ।

कार्यक्रम आयोजक कमिटिका सदस्य तथा आप्रवासी मिडिया एमडब्लु टिभीका नेपाली विभाग प्रमुख पत्रकार डम्बर सुब्बाले महिला अधिकारकर्मी तथा साहित्यकार प्रगति राईको पुस्तकहरु प्राय महिलाहरुको अधिकारको मुद्धाहरुमा केन्द्रित हुने गरेको बताउदै विर्सिएको मृत्यु पनि प्रवासमा पैसाले हुने मानसिक तनाव र समस्या समाधानको विषयमा रहेको बताउनु भयो ।

कोरियामा नेपालीहरु माझ बढदै गरेको मानसिक तनावलाई साहित्य मार्फत समस्याका समाधान खोज्दै न्युनिकरण गर्नमा सहयोग पुरयाउने उददेश्यले आयोजित बिर्सिएको मृत्यु एक विमर्श एवम् साहित्यिक सृजना वाचन २०१८ कार्यक्रममा सहभागी भई दिनु हुन विभिन्न पेशामा आबद्ध नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com