Dambar Subba

कोरियामा ३ दिनको अन्तरमा ३ नेपालीको मृत्यु
[2018-05-22 오후 8:58:00]

कोरियामा ३ दिनको अन्तराल विभिन्न स्थानमा भएको दुरघटनामा परि ३ जना नेपालीको निधन भएको जानकारी प्राप्त भएको छ ।

गत शनिबार १९ तारिख लम्जुङ दुराडांडा सिम्ले जमुना निवासी होम गुरु¨ सिओलको छोङनो स्थित एक मोटलमा सुति रहेको अवस्थामा फेला पारी प्रहरीलाई रिपोर्ट गरे पश्चयात नेपाली भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको लम्जुङ परिवारका वरिष्ठ उपाध्यक्ष मेघ प्रसाद वाईवाले जानकारी दिनु भएको छ ।

वरिष्ठ उपाध्यक्ष वाईवा दिएको जानकारी अनुसार मृतक गुरुङ २००८ सालमा ईपीएस मार्फत कोरिया आएका थिए । ४ बर्ष १० महिनाको भिसा सकिए पश्चयात अवैधानिक रुपमा रहि कामको खोजीमा रहेका थिए । हाल मृतकको पार्थिव शरीर सिओलको एक अस्पतालमा रहेको छ ।


त्यस्तै आज दिउसो ख्यङगीदोको नाम्याङजुसी स्थित एक मासु कम्पनीमा कार्यरत एक सोलुखुम्बु निवासी राई थरका एक नेपालीले ३ तल्ला देखि हामफोलेर आत्महत्या गरेको एउटै कम्पनीमा काम गर्ने एक नेपाली सहकर्मीले जानकारी दिएको छ ।

नेपाली सहकर्मीले केहि दिन अघि देखि राईले रातमा निद्रा नआएर मानसिक तनाव भई रहेको भन्दै नजिकको अस्पतालमा उपचार गराई रहेका थिए । भोली पनि उपचार गर्न अस्पताल जाने भनेर कम्पनीमा जानकारी गराई सकेका थिए । तर आज दिउसो काम गरि रहेकै अवस्थामा अचानक हराए पछि खोज्दै जादा कम्पनीको ३ तल्ला माथीबाट आंखा कै अगाडी हामफालेको देखेर मन एकदमै खिन्न र दुखित भई रहेको बताए ।

मृतक राई ईपीएस मार्फत कोरिया आई ४ बर्ष १० महिनाको भिसाको अवधी सकेर शरणार्थी भिसामा थिए ।

त्यस्तै आजै ख्यङगीदो प्रान्तको आनसान सिटीमा रहेको एक कम्पनीमा कार्यरत म्याग्दी निवासी एक नेपालीको मेसिनले च्यापेर निधन भएको खबर प्राप्त भएको छ ।

नेपाली निधन भएको सम्बन्धमा विस्तृत जानकारीको लागी कोरियाका लागी नेपाली राजदूतावासका श्रम सहचारी डिल्लीराम बास्तोलासंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com