nepalikorea

बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न
[2018-05-20 오후 10:19:00]

कोरियाको राजधानी सिओल देखि अन्दाजी ६० किमीको दुरीमा रहेको ख्यङगी प्रान्तको योङईन सिटि अवस्थित पर्यटकिय गुम्बामा नेपाली कलात्मक भगवान गौतम बुद्धको प्रतिमा ( मुर्ति ) स्थापना गरि अनावरण गर्ने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

सिओल नेपाल गुम्बाका प्रमुख भिक्षु कुन्साङ दोर्जे लामाको टोलीले नेपाली बौद्ध धर्म ग्रन्थ अनुसार पाठपूजा गरि नेपाली कोरियाका लागी राजदूत अर्जुन जङ बहादुर सिंह, वाउजङसा गुम्बाका प्रमुख भिक्षु हेगोग , कोरिया पत्रकार महासंघका अध्यक्ष सङ दे सक, बुद्धको प्रतिमा स्थापना अभियानकी संयोजक अन्जु केसी, लगायत विभिन्न संघ संस्थाा पदाधिकारीहरुले संयुक्त रुपमा रिबोन काटेर बुद्धको प्रतिमाको अनावरण गरेका थिए ।

कार्यक्रममा नेपालीहरुले पंचे बाजा सहित विभिन्न जातिय पोसाक र बाजागाजा सहित सहभागी जनाएर वाउछङसा गुम्बा नै नेपालीमय बनाएका थिए ।

सोही कार्यक्रममा वाउछङसा गुम्बाका तर्फबाट नेपाली राजदूतावास, बुद्ध प्रतिमा स्थापना अभियानका संयोजक अन्जु केसी, अभियानका सहकार्य नेपाल बौद्ध परिवारका अध्यक्ष पेम्बा दोङबा हल्मो, नेपाल सिओल गुम्बाका प्रमुख भिक्षु कुन्साङ दोर्जे लामा र पत्रकार डम्बर सुब्बालाई सम्मान गरेका थिए भने बुद्ध प्रतिमा स्थापना अभियानका तर्फबाट अभियानका सदस्यहरुलाई सम्मान पत्र र नेपाली टोपी सहित दोसल्ला ओडाई सम्मान गरेका थिए ।

बुद्ध प्रतिमा स्थापना अभियान नेपाली सम्पर्क समितिको संयोजन नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली राजदूतावासको संरक्षत्वमा कोरिया स्थित विभिन्न संघ संस्था लगायत अन्दाजी ५ सय भन्दा बढी नेपालीहरुको निस्वार्थ आर्थिक सहयोगमा सम्पन्न भएको हो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com