nk

कोरिया पठाउछु भनेर ठगी गर्ने २ जना पुगे प्रहरी खोरमा
[2018-05-18 오후 7:26:00]

कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे । रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ परेका छन्। दुईजनाबाट लाखौं ठग्ने झापाको बाहुनडाँगीका डम्बरबहादुर बस्नेत र ललितपुरकी रीता गुरुङ डाँगीलाई पक्राउ गरेको प्रहरी अपराध महाशाखाले जनाएको छ।

उनीहरुले मोरङ विराटनगर महानगरपालिका ११ की लक्ष्मी राई र स्याङ्जा नगरपाहिलका २ की राधा न्यौपानेलाई कोरियामा कृषिमा रोजगारी मिलाइदिन्छु भन्दै ठगेका थिए। दुईजनाबाट ३४ लाख ५ हजार ठगेको उजुरी परेको छ।

मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com