Dambar Subba

कोरियामा उभौली साकेला भव्यताका साथ सम्पन्न
[2018-05-09 오전 12:47:00]

किरात राईजातीहरुको महान चाड साकेला उभौली पर्व २०७५ गत मे ६ तारिख कोरियामा भव्यताका साथ मनाएको छ । किरात राई यायोख्खा दक्षिण कोरियाको आयोजकत्वमा कोरियाको राजधानी सिओलको तोङमुन स्थित सुङईन ग्रीन पार्कमा सो साकेला उभौली पर्व मनाएका थिए ।

प्रत्येक बर्ष कोरियामा विभिन्न पेशामा आवद्ध किरात राईहरुले आफनै मौलिक जातिय भेषभुसा सुसज्जित भई साकेला उभौली पर्व भव्यताका साथ मनाउदै आई रहेको छ । यस बर्षको उभौली साकेला कार्यक्रम गर्ने दिन विहानै देखि पानी परेको हुनाले कार्यक्रममा त्यति धेरै सहभागी नहोला भन्ने अनुमान गरिएको थियो । कार्यक्रममा सहभागी अतिथीहरुले पनि छाता ओडेर बस्नु पर्ने अवस्था थियो । तर उभौली पर्वका पुजारी टिका राईले भुमी पूजा गरी सकेपछि चमत्कार नै भएको थियो । परी रहेको पानी रोकिएको थियो ।

सहभागी युवा युवतीहरुले गालामा नेपालको झण्डा र किरात राईहरुको झण्डा वाटर पेन्टीङ गरेर हर्षोल्लासका साथ उभौली पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रादन गरि रहेका थिए ।

किरात राईहरुको महानचाड साकेला उभौली २०७५ कार्यक्रमका प्रमुख अतिथी कोरियाका लागी नेपाली राजदूत अर्जुन जङ बहादुर सिंहले प्रकृती प्रेमी किराती सभ्यतामा सहभागी हुन पाउदा अत्यन्तै खुशी भएको विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालबाट आउनु भएकी गायिका सरला राई उभौली साकेलासंग आधारित गीत गाएर माहौतलाई थप तताएका थिईन ।

सोहि कार्यक्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियालेपनि लिम्बुहरुको मौलिक संस्कृतीमा अधारित केलाङ नृत्य अर्थात च्याबरुङ नृत्य र धान नाच पनि नाचेर मनोरन्जन गरेका थिए ।

कार्यक्रममा किरात राईहरुको स्वाष्टि परिकार र जांड निशुल्कमा खाने व्यवस्था गरिएको थियो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com