अंशुबर्मा लिम्बू लिच्छबी

दाेश्राे डेउ कपकाे उपाधि एभरेष्ट एफसिले जित्न सफल
[2018-05-08 오전 11:28:00]

कोरियाको सर्वाधिक धनराशिको फुटबल खेलकाे दाेश्राे डेउ कपकाे उपाधि एभरेष्ट एफ सिले जित्न सफल भएकाेछ।

हाम्रो चाहाना प्रवासी एकता र आपसी सद्भावको कामना भन्ने नाराका साथ डेउ नेपाली एकता समाजका संरक्षक साथै NRN बुसानका अध्यक्ष कुबिर चन्द्र लिङ्देनको संयोजकत्वमा कोरियाकै सर्वाधिक धनराशिको खेल आयोजना दोस्रो डेउ कप फुटबल प्रतियोगिता २०१८ भव्यरुपमा सम्पन्न् भएको छ।

मौसमको प्रतिकुलताका बिच सम्पन्न भएको उक्त प्रतियोगितामा एभरेस्ट एफसिले फाइनलमा आयोजक डेउ एफ सि लाई ट्राइबेकर मा 4/2 को नतिजा निकाल्दै उपाधी चुमेको थियोे ।उपाधी संगै एभरेस्ट एफ सि ले पैतिस लाख वोन नगद ( तीन लाख पचास हजार रुपैया बराबर ) आकर्षक ट्रफी हात पार्नुका साथै खेलाडीहरुलाई प्रमाणपत्र र गोल्ड मेडल प्रदान गरिएको थियो ।

त्यसैगरी उप विजेता डेउ एफ सिले पनि बीस लाख वोन( दुई लाख रुपैया बराबर )र आकर्षक ट्रफि हात पार्नुका साथै खेलाडीहरुलाई प्रमाणपत्र र सिल्बर मेडल प्रदान गरिएको थियोे ।यसैगरी उत्कृष्ट तीन खेलाडीलाई पनि पुरस्कृत गरिएको थियोे कार्यक्रममा विजेता र उप विजेता दुबै टोलिलाई प्रमुख अतिथी र बिशिस्ट अतिथिले संयुक्तरूपमा रकम चेक र ट्रफी हस्तान्तरण गरेका थिए ।

उक्त समारोहको प्रमुख अतिथिको रूपमा नेपाली राजदुतावासका श्रम काउन्सिलर श्री डिल्लीराम बाँस्तोलाको उपस्थिति थियो ।कार्यक्रममा बोल्दै उहाँले प्रवास रहेर पनि यती ठुलो खेलकुदको आयोजना गर्नु निकै चुनौतीपूर्ण रहे पनि आयोजकले भव्यरुपमा सम्पन्न गरेको भन्दै आयोजकको प्रशंसा गर्नु भयो।यस्ता अतिरिक्त क्रियाकलाप ले सम्पुर्ण नेपाली हरु मा आपसी सद्भाव र एकता को सन्देश जाने बताउनुभयो ।

यसका साथै आउने मे २७ मा नेपाली राजदुतावासले आयोजना गर्ने राजदुत कप फुटबल प्रतियोगितामा सहभागी हुन सबै फुटबल क्लबहरु लाई निमन्त्रणा समेत गर्नु भयो। विशिस्ट अतिथिको रूपमा कोरियाली नेपाली फुटबललाई अझ व्यावस्थित र संगठित गरेर लानुपर्छ भन्दै धेरै बर्ष देखी निरन्तर लागि परेका नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्ण तमुको उपस्तिथि रहेकाे थियाे ।उहाँले आयोजक लाई एक बल उपहार दिएका थिए,।उहाँले आफू निरन्तर नेपाली फुटबललाई थप उचाइमा लाने अभियानमा लागि परेको बताउनु भयो। खेलको उद्घाटन सत्रमा प्रमुख अतिथी र बिशिस्ट अतिथीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

त्यसै गरि समापन समारोहमा प्रमुख अतिथि ,बिशिस्ट अतिथि ,र अन्य अतिथिहरुबाट संयुक्त रूपमा वितरण भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य राख्दै डेउ नेपाली एकता समाजका अध्यक्ष कमल मिश्रले सबैलाई धन्यवाद दिए।कार्यक्रमको सन्चालन डेउ नेपाली एकता समाज का सचीव दिपक पौडेलले गरेका थिए । अन्त्यमा कार्यक्रम को समापन गर्दै आयोजना संयोजक तथा सभापति कुबिर चन्द्र लिङ्देनले कार्यक्रम सफल पार्न आर्थिक नैतिक भौतिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै मौसमको प्रतिकुलताले गर्दा कार्यक्रम संचालनमा भएको कमि कमजोरी प्रती माफी माग्दै कार्यक्रम समापन गरेका थिए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com