Dambar Subba

नेपाली कांग्रेसका ५ युवा नेताहरु कोरिया आए
[2018-05-05 오전 11:46:00]

नेपाली कांग्रेसका ५ युवा नेताहरु आज कोरिया आएको छ । भोली मे ६ तारिख नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न ५ युवा नेताहरु कोरिया आएका हुन ।

नेपालबाट दक्षिण कोरियाको केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री गगन कुमार थापा ,केन्द्रीय सदस्य, नेपाल तरुण दलका पूर्व अध्यक्ष, पूर्व मन्त्री, महेन्द्र यादव , केन्द्रीय सदस्य, पूर्व नेविसंघ अध्यक्ष,गोविन्द भट्टराई, नेता खगेन्द्र अधिकारी, नेता पेमा सिद्दी लामालाई नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारीहरुले ईन्छन एयरपोर्टमा स्वागत गरेका थिए ।

कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित हिस्ट्री एण्ड कल्चर पार्कमा रहेको कुकमिन ह्वेगानमा भोली हुन गई रहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको महाअधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी अहिले सम्म २ जनाले दिएको थाहा भएको छ । जस्मा आस्थाविन्दु मल्ल र भजिन्द्र क्षेत्री रहेका छन । उपाध्यक्ष तर्फ भने ९ जनाको उम्मेदवारी आउन सक्ने अनुमान गरिएको जनसम्पर्क समिती एक सदस्यले बताएका छ ।

जनसम्पर्क समितीको आगामी महाधिवेसनमा सहमतियको विकल्प चुनावी प्रकृयामा गएको खण्डमा भने भविष्यमा समितीको ठुलै क्षति हुन सक्ने सम्भावना छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com