Dambar Subba

कोरियामा एक नेपालीले गरे आत्महत्या ।
[2018-04-30 오후 8:44:00]

कोरियामा आज अपरान्ह ५ बजे एक नेपालीले आत्महत्या गरेको छ । कोरियाको ग्याङ्गी प्रान्तको आनसङ सिटी स्थित एक गाई फार्ममा कार्यरत सुनसरी इटहरी हलगडा ठेगाना भएका थापा थरका एक नेपाली झुन्डिएको अवस्थामा फेला परेको जानकारी समाजसेवी तथा दोभाषे उमेश बस्नेतले दिनु भएको छ ।

मृतक थापा ६ बर्ष अगाडी कोरिया आएको र पछिल्लो केहि समय अघि देखि मानसीक तनावमा रहेको पनि समाजसेवी तथा दोभाषे बस्नेतले बताउनु भएको छ ।

मृतकको नेपालमा दुई छोराहरु रहेको र दुई मध्ये सात वर्षिय कान्छा छोरा अपाङ्ग रहेको थाहा भएको छ ।

कोरियामा इपिएसमा आउने नेपालीहरुको संख्यामा वृद्धी भए स“गस“गै नेपालीहरु विच हुने आपसी विवाद, हेपाहा प्रबृद्धी तथा भेदभावको कारण पनि अधिकतम मानसीक तनावमा रहेको पाइन्छ ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com