Dambar Subba

कोरियामा विदेशी मजदुरहरुको अधिकार सुनिश्चितको माग गर्दै -यालीको प्रर्दशन सहित मे डे मनाए
[2018-04-29 오후 10:39:00]

श्रमिक दिवस अर्थात मे डे कोरियाको राजधानी सिओलको छोङ्गाग स्थित पोसिनगागमा आज भव्यताको साथ सम्पन्न भएको छ । प्रवासी मजदुर संगठन एमटियुले आयोजना गरेको सो कार्यक्रममा विभिन्न राष्ट्र«का २ सय जना भन्दा बढि विदेश्ी मजदुरहरुको सहभागि रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले ईपिएसमा सम्पूर्ण अधिकार रोजगारदाताहरुमा मात्र सिमित भएकोले प्रवासी मजदुरहरुले विभिन्न समस्याको सामना गर्न परि रहेको बताउदै इपिएस प्रणालीको खारेजीको माग गर्दै वर्क परमिट सिस्टम डब्लुपीएस प्रणाली लागु गर्न माग गर्दै विरोध ¥याली प्रर्दशन गरेको थिए ।

नेपालबाट ९ महिना अघि ईपिएस मार्फत कृषि भिसामा कोरिया प्रवेश गरेकी धिमाल थरकी एक नेपाली महिलाले ढाड दुखेर काम गर्न नसक्ने अवस्थामा पनि अस्पताल जान नदिई जर्वजस्ती काममा लगाएर पछि कंम्पनी सर्न माग्दा १७ लाख वन माग गरेको बताउदै सो रकम भुक्तानी गरे पछि मात्र कंम्पनी सर्ने कागजात दिईएको बताईन ।

ईपीएस मार्फत आएका विदेशीहरुलाई कंम्पनी सर्नको लागीको रोजगारदाताको स्वीकृत भएमा मात्र कंम्पनी सर्ने सक्ने अधिकार छ । रोजगारदाताहरुले उक्त नियमको दुरुपयोग गर्दै कंम्पनी सर्न चाहने विदेशी मजदुरहरुलाई मनपरी रुपमा रकम असुली गर्दै आएको समाचारहरु आई रहेको छ । जुन गैरकानूनी भएता पनि श्रम मन्त्रालय अन्र्तगतको बैदशकि रोजगार विभाग मौन रहेको पाईन्छ ।

त्यस्तै ईपीएस मार्फत कोरिया आई मोटरपार्टस कंम्पनीमा कार्यरत सन्तोष मादेनले एउटै कम्पनीमा काम गर्ने सिलसिलामा कोरियन नागरिक र विदशी नागरिकमा गरिने क्रियाकलाप पनि भेदभाव हुने बताउदै २०१८ सालमा कोरियन सरकारले गरेको १६ प्रतिशतको बृद्धिले विदेशी मजदुरहरुको सेवा सुविधामा थप कटौती भएकोमा दुख व्यक्त गरे ।

मादेनले कोरिया आए पश्चात पाई रहेको ओभर टाईम, प्रति बर्ष पाईने बोनस आदीहरु कटौती भएको बताउदै खाना र बस्ने समेत यस बर्ष देखि प्रत्येक महिना प्रति व्यक्ति २ लाख कटौती गरेको बताए ।

त्यस्तै एमटियुका सदस्य मधुसुधन ओझाले कोरियामा मजदुरहरुको तलब वृद्धि भएता पनि विदेशी मजदुरहरुको अवस्था भने चिन्ताजनक भएको बताए ।

उनले २०१८ साल देखि रोजगारदाताहरुले खाना र बस्नको भन्दै मासिक तलबको २० प्रतिशत सम्म कटौती गरिरहेको बताउदै यो नीती खारेज हुनु पर्ने बताए ।

सोही कार्यक्रममा एमटियुले मे महिनामा कोरियाको विभिन्न क्षेत्रको श्रम मन्त्रालय अन्र्तगतको वैदशीक रोजगार केन्द्रमा गई दवाव मुलक कार्यक्रमहरु गर्नेका साथै रोजगारदाताहरुबाट पिडित विदेशी मजदुरको
समस्या समाधानको लागी स्थलगत भ्रमण गर्ने घोषणा गरेको छ ।

सिओलको छोङगाग स्थित पोसिनगागबाट शुरु भएको विरोध -याली प्रर्दशनी विभिन्न नाराहरु लगाउदै अन्दाजी ३ किमी हिडेर हेवादोङको मारुनी पार्कमा पुगी कोणसभामा गर्दै कार्यक्रम समापन गरेको थियो ।

२०१८ साल जनवरी महिना सम्मको तथ्यांक अनुसार दक्षिण कोरियामा बसोबास गर्ने विदेशीहरुको संख्या २१ लाख ३० हजार रहेको पाईन्छ । जस मध्ये १० लाख विदेशी मजदुरहरु ईपिएसको माध्यमबाट आई विभिन्न कम्पनीहरुमा कार्यरत छन ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com