nk

२२ वटा म्यानपावर कम्पनीलाई कारवाही
[2018-04-28 오전 11:26:00]

वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षमा २२ वटा म्यानपावर कम्पनीलाई कारवाही गरेको छ । वैदेशिक रोजगारमा गएका र जान लागेकाहरुको उजुरीको आधारमा उनीहरुमाथि कारवाही गरिएको विभागले जनाएको छ ।

विभागमा चालू आर्थिक वर्षमा कूल ७ सय ६९ वटा म्यानपावर विरुद्ध उजुरी परेको थियो । जसमध्ये ७ सय १८ वटा उजुरीहरु समाधान गरिएको जानकारी वैदेशिक रोजगार विभागका राहत तथा उद्दार शाखाका निर्देशक शशीकुमार लम्सालले जानकारी दिए । उनले बाँकी रहेका करिब ५० उजुरीहरु समाधान हुने प्रक्रियामा रहेको बताए ।

रोजगारीका लागि विदेश जाने कामदारहरुको विवरणलाई अद्यावधिक गर्नको लागि परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयसँग समन्वय गरिसकिएको लम्सालले बताए ।

वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि पुरा गर्नुपर्ने श्रमको प्रक्रियालाई छिटो छरितो र सहज बनाउन काठमाडौं भन्दा बाहिर तीन स्थानमा व्यवस्था गर्न लागिएको छ । त्यसका लागि दरबन्दीको व्यवस्था भैसकेको र एक दुई दिनमा काम शुरु हुने लम्सालले जानकारी दिए ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com