nk

३३ किलो सुनकाण्डमा पूर्वआईजीपी प्रकाश अर्यालको पनि सलंग्नता रहेको खुलासा
[2018-04-28 오전 11:24:00]

सुरक्षा संगठन ‘चेन अफ कमान्ड’ मा चलेको हुन्छ । हरेक घटना र सूचना सोहीअनुसार प्रवाह हुने गर्छ । तर, प्रहरीका उच्च अधिकृतले नै ‘चेन अफ कमान्ड’ तोडेर ३३ किलो सुनकाण्डमा सूचना प्रवाह गरेको रहस्य खुलेपछि नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल समस्यामा परेका छन् ।

सुनकाण्डमा पूर्वआईजीपी प्रकाश अर्यालको पनि सलंग्नता रहेको भन्दै प्रहरीको अनुसन्धानबाट खुलेपछि खनाललाई चुनौती थपिएको छ, यो घटनालाई सुल्झाएर कसरी प्रहरीको साख अभिवृद्धि गर्ने भन्ने । अहिलेसम्म खनाल बसेको प्रहरीका संगठनमा उनले आफूलाई अब्बल प्रमाणित गरेका छन् । तर, आईजीपी बनेको एक महिना बित्न नपाउँदै प्रहरीका उच्च अधिकृतहरूलाई नै कारबाही गर्नुपर्ने परिस्थिति उनीसामु खडा भएको छ ।

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वको छानबिन टोलीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी हटाएर बयान लिइसकेको छ । ३३ किलो सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले प्रहरीको भूमिकालाई शंकास्पद रुपमा लिएर छानबिन समितिले गहिराईमै पुगेर जालो खोतल्ने गरी अनुसन्धान थालेको छ ।

पूर्वडिआईजी गोविन्द निरौला पक्राउ परेसँगै पूर्वआईजीपी अर्यालको नाम पनि मुछिएको छ । गृह मन्त्रालयका सहसचिव पौडेल संयोजकत्वमा गठित छानबिन समितिले यस विषयमा अर्यालसँग पनि बयान लिने भएको छ । बयानका लागि छिट्टै उनलाई समितिमा बोलाइने स्रोतले बतायो । ‘सम्भवतः शुक्रबार नै अर्याललाई सोधपुछका लागि बोलाउने तयारी भएको छ,’ गृह मन्त्रालयका एक अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने।

सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती (गोरे) का आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्न रहँदै आएका नेपाल प्रहरीका एसपी विकासराज खनालविरूद्ध मोरङ प्रहरीले कर्तब्य ज्यान तथा संगठित अपराध निवारण ऐनअनुसार म्याद थप गरेको छ । मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com