Dambar Subba

बुद्धको प्रतिमा कोरिया आयो, एयर कार्गो , एयरपोर्ट टयाक्स निशुल्क
[2018-04-28 오전 10:52:00]

बुद्धको प्रतिमा स्थापना अभियान अन्र्तगतको ९ फिट आग्लो र ८५९ केजीको ठुलो बुद्धको मुर्ति ४ भागमा विभाजित गरि गत २६ तारिख कोरियाको ख्यङगिदो प्रान्तको योङईन सिटि स्थित रहेको पर्यटकिय गुम्बा वाउछङसामा आई पुगेको छ ।

नेपाली सम्पर्क समितिको संयोजन नेपाल बौद्ध परिवारको सहकार्य र कोरियाका लागी नेपाली राजदूतावासको संरक्षणमा आयोजित बुद्ध प्रतिमा स्थापन अभियान सचिवालय समितिले चलाएको अभियान अन्र्तगत कोरिया स्थित विभिन्न संघ संस्था लगायत विभिन्न पेशामा आवद्ध नेपालीहरुको निस्वार्थ सहयोगमा नेपाली कलात्मक पहिचानको भगवान गौतम बुद्धकोप्रतिमा बुद्ध जयन्तीको अवसरमा यहि मे २० तारिख कोरियाको पर्यटकिय गुम्बा वाउछङसामा स्थापना गर्ने योजना अनुरुप बुद्धको मूर्ति कोरिया आएको हो।

बुद्धको प्रतिमा नेपाल देखि कोरिया ल्याउने क्रममा कोरियन एयरलाईनसले हवाई कार्गो चार्ज र कोरिया भित्री सकेपछि गोदाममा राख्ने चार्ज निशुल्क गरि दिएको छ ।

त्यस्तै कोरिया सरकारले बुद्धको प्रतिमा ल्याउदा लाग्ने एयरपोर्ट टयाक्स पनि निशुल्क गरि दिएको छ ।
पर्यटकिय गुम्बा वाउछङसाको तर्फबाट पनि अन्दाजी ५ करोड कोरियन वनको लागतमा बुद्धको प्रतिमा राख्ने भवन निर्माण गरि दिएको छ ।

कोरियाको बुद्ध जयन्ती अवसरमा बुद्धको प्रतिमा अनावरण गर्ने भनिएता पनि यस बर्ष मे २२ तारिख मंगलबार पर्ने भएकोले विदा दिन पारेर मे २२ तारिख अनावरण गर्ने कार्यक्रम गर्न लागेको बुद्ध प्रतिमा स्थापना अभियानका संयोजक अन्जु केसीले बताउनु भईन ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com