Dambar Subba

कोरियामा नेपाली कथानक चलचित्र शत्रु गते भव्यताका साथ सम्पन्न
[2018-04-23 오후 9:22:00]

दोलखाली समाज दक्षिण कोरिया द्वारा नेपाली कथानक चलचित्र शत्रुगते कोरियाको राजधानी सिओलको छोङगाग स्थित छोगेसा गुम्बाको सांस्कृतिक हलमा भव्यताका साथ सम्पन्न भएको छ । नेपालमा रहेका विभिन्न असहाय, वालबालिकालाई छात्रबृति दिने उद्देश्यले आयोजित शत्रु गते चलचित्र प्रदर्शनीमा बृहत नेपालीहरुको सहभागिता रहेको थियो ।

चलचित्र प्रदर्शनी कार्यक्रमका प्रमुख अथिति कोरियाको लागी नेपाली राजदूत अर्जुन जङ बहादुर सिंहले कोरियामा नेपाली चलचित्र प्रर्दशनीले सामाजिक सेवामा सहयोग पुरयाउन सफल भई रहेको प्रंसशा गर्दे कामको तनाब र थकान मेटाउनमा पनि राम्रो भुमिका खेली रहेको विचार व्यक्त गरेका थिए ।

नेपाली कथानक चलचित्र शत्रुगते हेर्न आएका दर्शकहरुको भीडले हल खचाखच भरिएका थिए । आयोजक कमिटिले हलको सिट क्षमता भन्दा धेरै टिकट विक्री गरेको हुनाले दर्शकहरु हलको भुइमा समेत बसेर फिल्म हेर्न बाध्य भएको थिए ।

पछिल्ला समय कोरियामा नेपाली कथानक चलचित्रहरुले राम्रो मार्केट पाई रहेको भएता पनि फिल्म हलको अव्यवस्थीत अवस्था, सानो पर्दामा रिल अडकिने, साउन्ड नमिल्ने, दर्शकहरुले उभिएर वा भुईमा बसेर हेर्नु पर्ने जस्ता कारणहरुले दर्शकहरुलाई खल्लो भएको जनगुनासो गर्ने गरेको पाईन्छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com