karobardaily

टीपीएस नवीकरणका लागि गैरआवासीय नेपाली संघको पहल
[2018-04-23 오후 8:39:00]

नेपालीका लागि टेम्पोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नवीकरणका लागि गैरआवासीय नेपाली संघले पहल सुरु गरेको छ । टीपीएसअन्तर्गत नेपालीले अमेरिकामा अस्थायी बसोबास सुविधा प्राप्त गरेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा एनआरएनए अनररी काउन्सिल मेम्बर विष्णुकुमारी परियारसहितको टोलीले आइतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटि नेपाल सरकारले अबिलम्ब टीपीएस नवीकरणको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । जवाफमा मन्त्री ज्ञवालीले सरकारले टीपीएस नवीकरण प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको परियारले जानकारी दिइन् ।

टीपीएस नवीकरण गर्ने या नगर्ने विषयमा अन्तिम निर्णय लिने अधिकार डिपार्टमेन्ट अफ होमल्याड सेक्युरीटीसँग हुने भए पनि नेपाल सरकारले अनुरोध गरेमा नेपालका लागी यो सुविधा थप हुनसक्छ । अमेरिकी कंग्रेसको नेपाल ककसका सदस्य तथा कंग्रेसम्यानहरू नेपालका लागी यो सुविधा नवीकरण गर्न सकारात्मक रहेको पनि परियारले जनाइन् ।

नेपालमा गएको शक्तिशाली भूकम्पका कारण अमेरिकी सरकारले नेपालीका लागि सन् २०१५ जुनदेखि टीपीएस सुविधा उपलब्ध गराएको थियो । तर यसरी अमेरिकामा अस्थायीरूपले बसिरहेका नेपालीलाई अमेरिकी सरकारद्वारा प्रदान गरिएको अस्थायी बसोबास सुविधा नवीकरण नभए उनीहरूलाई समस्या पर्ने भएकाले गैरआवासीय नेपाली संघले विभिन्न सरकारी निकायहरूसँग पहल गरिरहेको छ ।

नेपाल सरकारको औपचारिक अनुरोध भएमा टीपीएस नवीकरणको प्रक्रिया अघि बढ्ने जानकारी पनि अमेरिकी अधिकारीहरूले दिएका छन् । अमेरिकी सरकारको अध्यागमनसम्बन्धी टीपीएसको सुविधा प्राकृतिक विपत्ती, सैनिक विद्रोह एवम हिंसात्मक गृहयुद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकलाई मानवीय रूपले अस्थायी रूपमा संरक्षित गर्ने अमेरिकी नीति हो । टीपीस सुविधाले विशेषतः अमेरिकामा बसोबास एवम् कामकाजका लागि कानुनी हैसियत गुमाएका नेपाली आप्रवासी एवम विद्यार्थीलाई मद्दत पुगेको छ ।

यसअघि अमेरिकाले सन् २००१ मा गएको भूकम्पका कारण एल साल्भाडोरलाई, सन् २०१० मा हैटीलाई, समुद्री आँधीका कारण सन् १९९८ मा होण्डुरसलाई, गृहयुद्वका कारण सन् २०१२ मा सिरियालाई सो सूचीमा राखेको थियो । सोमालिया, सुडान, लिवरिया, सियरालियोन र निकारागुवालाई पनि यो सुविधा प्रदान गरिएको थियो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com