nk

२४ घण्टाभित्र महाधिवेशन मिति तोक्न देउवालाई अल्टिमेटम
[2018-04-23 오후 8:28:00]

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नेताहरुले २४ घण्टाभित्र नेविसंघको महाधिबेशनको मिति तोक्न पार्टी सभापति शेरबहादुर देउवालाई अल्टिमेटम दिएका छन् ।

नेविसंघका ५ जना उपाध्यक्षहरुले सोमबार देउवालाई मागपत्र बुझाउँदै २४ घण्टाभित्र मिति नतोकिए आन्दोलन गर्ने चेतावनी समेत दिए । उनीहरुले नेविसंघको १२ औं महाधिवेशनको वातावरण निर्माण गर्न तत्काल मिति र स्थान तोक्न माग गरेका हुन् ।

उनीहरुले नेविसंघका अध्यक्ष नैनसिँह महरले विधि, विधान र सहमति विपरित गरेका सम्पूर्ण असंवैधानिक निर्णयहरु तत्काल खारेज गर्नु पर्ने पनि माग गरेका छन् । अध्यक्ष महरले गरेका असंवैधानिक निर्णयहरु खारेज गरेर सहमतिका आधारमा सबै जिल्ला, विश्वविद्यालय र क्याम्पसहरुमा प्रतिनिधि खटाएर विधिवत अधिवेशन गरिनु पर्ने पनि उनीहरुको माग छ ।

उपाध्यक्षहरु प्रकाश राना, खडकबहादुर डाँगी, उर्मिला थपलिया, नविन राई र सागर परियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा गत कार्तिक २८ गते प्रेस विज्ञप्ती मार्फत र पुष ९ गते सभापति देउवा समक्ष बुझाइएका मागहरु तत्काल सम्बोधन गर्न पनि माग गरिएको छ ।

सभापति देउवालाई ज्ञापन पत्र बुझाउने पाँचै जना उपाध्यक्षहरुले २४ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने र त्यसको जिम्मेवारी पार्टी सभापतिले लिनु पर्ने चेतावनी समेत दिएका छन् ।

यता, आजै नेविसंघको अर्को पक्षले पनि महाधिवेशनको माग गर्दै छुट्टै ज्ञापन पत्र बुझाएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com