makalukhabar

सर्वसाधारण नेता देखि प्रहरी प्रशासनसम्म सहभागी भए
[2018-04-23 오후 8:21:00]

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार छानविन गरी दोषी माथि कारवाहीको माग गर्दै धरानमा हस्ताक्षर अभियान शुरु गरिएको छ । स्थानीय धरान एक्सन ग्रुपले वीपी प्रतिष्ठानको सेवा सुविधा बृद्धि र भ्रष्टाचारी पदाधिकारीलाई कारवाहीको माग गर्दै धरानको भानुचौकमा हस्ताक्षर अभियान शुरु गरेको हो ।

हिजो शनिबारबाट शुरु भएको हस्ताक्षर अभियानमा अहिलेसम्म सात हजार बढि धरानबासीले हस्ताक्षर गरेको धरान एक्सन ग्रुपका अध्यक्ष सचित शर्माले बताए । हस्ताक्षर अभियानमा स्थानीय बद्धिजिवी, राजनीतिक दलका प्रतिनिधि, ट्राफिक प्रहरी, धरान उपमहानगरपालिकाका नगर प्रहरी देखि सरोकारवालाले समेत ऐक्यबद्धता जनाउनेक्रम बढ्दो छ ।

हिजोबाट शुरु गरिएको अभियानमा आज केहि स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका केन्द्रिय स्तरका नेता कार्यकर्ताहरुले समेत समर्थन गरेका छन् । उनीहरुले प्रतिष्ठान देशकै गहना भएकोले यसको संरक्षण हुनुपर्ने भन्दै भ्रष्टाचारीलाई कारवाहीको माग गरे ।

प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आएका उपकुलपति र अस्पताल निर्देशकले प्रतिष्ठानमा ब्रम्हलूट मच्चाएका छन् । प्रतिष्ठानमा हुने विभिन्न औषधि उपकरण खरिद र भवन निर्माणमा सार्वजनिक नियमावलीलाई समेत मिचेर पदाधिकारीहरुले प्रतिष्ठान र नेपाल सरकारको बजेटमा ब्रम्हलूट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान भईरहँदा एक्सन धरान ग्रुपले समेत दवाब दिनका लागि हस्ताक्षर अभियान शुरु गरेको हो ।

धरान एक्सन ग्रुपले हस्ताक्षर अभियान केहि दिनसम्म चलिरहने बताएको छ । ‘हामीलाई धरानका विभिन्न वडा, इटहरी, धनकुटा, भेडेटार लगायतबाट समेत यो अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । भोलीसम्म भानुचोकमा अभियान रहन्छ, त्यसपछि विभिन्न स्थानमा सञ्चालन गरिन्छ ।’ अध्यक्ष शर्माले मकालु खबरसँग भने ।

उनले वीपी प्रतिष्ठानमा भईरहेको भ्रष्टाचारमा धरानबासीले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै ‘अहिले नै भ्रष्टाचारको अन्त्य नहुने होभने, प्रतिष्ठान धरासायी हुन्छ ।’ उनले भने ।

शर्माले विगतमा आफुहरुले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई समेत तत्काल प्रतिष्ठानको सेवा सुविधा बढाउन र भ्रष्टाचारको अन्त्य गर्न ज्ञापनपत्र बुझाएकोमा कुनै सुधार नभएको जिकिर गरे । ‘हामीले आजभन्दा ८ महिना अघि नै प्रतिष्ठानमा यो–यो सेवा विस्तार गरी अनियमितताको विष्पक्ष छानविन हुनुप-यो भनेर ज्ञापनपत्र दिएका थियौं, त्यसपछि सुधार हुनुको सट्टा उल्टै झन विगार्ने काम भयो ।’ उनले भने ।

साथै शर्माले संकलन गरिएको हस्ताक्षर प्रतिष्ठानका उपकूलपतिलाई देखाएर सहकूलपति स्वास्थ्य राज्यमन्त्रीलाई बुझाईने बताए । ‘यो हस्ताक्षर उपकुलपतिलाई देखाएर प्रतिष्ठानका सहकूलपति तथा स्वास्थ्य मन्त्रीलाई बुझाउने योजना छ ।’–‘हस्ताक्षर अभियानबाट कुनै सुधार नभए आफुहरु चरणबद्ध रुपमा स्थानीय दलहरुको सहकार्य र समर्थनमा अन्य कार्यक्रम घोषणा गर्नेछौं ।’ उनले भने ।

पछिल्लो समय प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई उपकरण खरिद, नेपाल सरकारको बजेटबाट निर्माण हुन लागेको अंकोलोजी र कार्डियोलोजी भवन निर्माणमा चरम भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सो उजुरी उपर अख्तियारले छानविन गर्दै रहेको अवस्थामा प्रतिष्ठानका उपकूलपतिले गत चैत्र तेस्रो साता एमअआरआई उपकरण खरिद गर्ने निर्णय रद्द गरेका थिए ।

उपकरण खरिदका लागि एलसी समेत खोलेको अवस्थामा उपकुलपतिले आफ्नै स्वविवेक प्रयोग गर्दै टेण्डर रद्द गरेकोमा भ्रष्टाचारको आशंका झन उब्जिएको थियो



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com