nepalikorea

प्रथम फुटसलको उपाधी ईलाम एफसीले चुम्न सफल
[2018-04-23 오후 8:05:00]

तामाङ समाज ख्यङसाङनाम्दो बुसान द्धारा बुद्ध जयन्तीको अवसरमा आयोजित प्रथम फुटसल प्रतियोगिता २०१८ को उपाधी ईलाम एफसीले चुम्न सफल भएको छ । हिजो अप्रिल २२ तारिख आईतबारको दिन ख्यङनाम याङसान फयाङसानदोङ उङसाङको खेलकुद पार्कको फुटसल ग्राउडमा भएको सो प्रतियोगिताको फाईनलमा हिमालन एफसी सछाङलाई सुन्यको विरुद्ध ६ गोल लगाएर ईलाम एफसीले प्रथम उपाधी चुम्न सफल भएको हो ।

प्रथम फुटसल प्रतियोगिता २०१८ को प्रथम उपाधी चुम्न सफल ईलाम एफसीलाई १५ लाख वन, कप, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए भने दोस्रो उपाधी चुम्न सफल हिमालयन एफसी सछाङलाई पनि १० लाख वन, कप, मेडल र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

त्यस्तै सो प्रतियोगिताको वेष्ट प्लेयरमा हिमालयन एफसीका सन्तोष सेर्मा वेष्ट गोल किप्परमा हयाङओभर एफसीका शुलभ दिङ बर्तोला र सबै भन्दा बढी गोल लगाएर हाई स्कोरको उपाधी थेगु ११ का खेलाडी सुरेन मगरले बाजी मारेका थिए ।

सो प्रतियोगिताको प्रमुख अथिती नार्गाजुन गुम्बाका प्रमुख भिक्षु उर्गेन लामाले गर्नु भएको थियो । कोरियामा नै प्रथम पल्ट भएको फुटसल प्रतियोगितामा जम्मा १७ टिमले सहभागी जनाएको थियो । विहान ८ बजे देखि शुरु भएको सो प्रतियोगिता बेलुकीको ५ बजे समापन भएको थियो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com