राम योङहाङ

किरात याक्थुङ चुम्लुङको अध्यक्षमा योगराज वनेम निर्वाचित
[2018-03-16 오전 7:07:00]

लिम्बू आदिवासीहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङको दशौं राष्ट्रि महाधिवेशनबाट योगराज लिम्बू वनेम निर्वाचित भएका छन् ।

विहीबार राती सुनसरीको धरानमा सम्पन्‍न चुम्लुङको महाधिवेशनले वनेमको अध्यक्षतामा ३२ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनले उपाध्यक्षमा तीनजना प्रेम येक्तेन, यामप्रसाद लिम्बू र कमल तिगेला निर्वाचित भएका छन् । महासचिवमा निरन्ती तुम्बापाे निर्वाचित भएकी छन् ।

सचिवमा चार जना भीमप्रसाद योङहाङ (यासेली), चन्द्रकुमार आङदेम्बे, योगेन्द्र पालुङ्वा र कमला फोम्बो तथा कोषाध्यक्षमा डम्बरकुमार तेम्बे निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा लिम्बुवानका नौ जिल्लाबाट एक महिला र एक पुरुष गरी दुई जनाका दरले १८ जना, उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनबाट निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरु :

१. अध्यक्ष : योगराज लिम्बू वनेम
२. उपाध्यक्ष : प्रेम येक्तेन (प्रेमप्रसाद लिम्बू)
३. उपाध्यक्ष : यामप्रसाद लिम्बू
४. उपाध्यक्ष : कमल तिगेला
५. महासचिव : निरन्ती तुम्बापो
६. सचिव : भीमप्रसाद योङहाङ (यासेली)
७. सचिव : चन्द्रकुमार आङदेम्बे
८. सचिव : योगेन्द्र पालुङ्वा
९. सचिव : कमला फोम्बो
१०. कोषाध्यक्ष : डम्बरकुमार तेम्बे
११. सदस्य : चक्र येक्तेन (अभिषेक) इलाम
१२. सदस्य विष्णुकुमारी लिम्बू तुम्बापो इलाम
१३. सदस्य पूर्णबहादुर हाङश्रोङ झापा
१४. सदस्य विष्णुमाया चेम्जोङ झापा
१५. सदस्य गणेशकुमार चेम्जोङ पाँचथर
१६. सदस्य कमिता तुम्बापो पाँचथर
१७. सदस्य भद्रकुमार बोखिम ताप्लेजुङ
१८. सदस्य निर्मला तावा लिम्बू ताप्लेजुङ
१९. सदस्य बसन्तसिंह खापुङ तेह्रथुम
२०. सदस्य सञ्चमाया लिम्बू (सञ्चू) तेह्रथुम
२१. सदस्य नारायण यक्सो मोरङ
२२. सदस्य खिनमाया लिम्बू मोरङ
२३. सदस्य उदयबहादुर लावती सुनसरी
२४. सदस्य संगीता सुब्बा सावदेन सुनसरी
२५. सदस्य हेमकुमार आङला धनकुटा
२६. सदस्य सरस्वती मादेन लिम्बू धनकुटा
२७. सदस्य आइन्द्रकुमार लिम्बू (आङबो) काठमाडौं
२८. सदस्य कल्पना योङहाङ लिम्बू काठमाडौं
२९. सदस्य भवानीविक्रम सम्बाहाम्फे भक्तपुर
३०. सदस्य शिवकुमार लिम्बू ललितपुर
३१. सदस्य मनु नेम्बाङ ललितपुर
३२. सदस्य भविन्द्र कन्दङवा चितवन



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com