janatanews

९ भारतीय सीआरबी जवानको आक्रमणमा परी मृत्यु
[2018-03-14 오전 12:36:00]

भारतको छत्तिसगढ राज्यमा मंगलबार बिहान नक्सलवादीहरुको अक्रमणमा परी कम्तीमा ९ जना जना सीआरबी जवानको मृत्यु भएको छ । मंगलबार मध्यान्न १२ बजे भएको उक्त आक्रमणमा १० जना सीआरबी जवान घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।छत्तिसगढको सुकमा जिल्लामा उक्त हमला भएको थियो।

भारतीय गृहमन्त्री राजनाथ सिंहले घटनाप्रति आफू दुखित भएको जनाउदै आक्रमणमा परी शहिद भएका सिआरबी जवानको परिवारमा समवेदना प्रकट गरेका छन्। सुकमा जिल्लामा मंगलबार विहान साढे ८ बजे नक्सवादी र सीआरबी जवनाहरुबीच दोहोरो भिडन्त भएको थियो। १२ बजे नक्सलवादीहरुले बिछ्याएको माइनमा परी जवानहरुको मृत्यु भएको थियो।



Nick Name     
comment   




कोरियामा उभौली साकेला भव्यताका साथ सम्पन्न


कोरियामा नेपालीले नेपालीलाई अमानविय व्यवहार गरेर मानसिक तनावमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com