janatanews

जहाज चलाएर पहिलोपटक काठमाडौँ आएकी पृथुला बाँच्न पाइनन्
[2018-03-14 오전 12:33:00]

अरु दिन भन्दा उनी सोमबार निकै उत्साही थिइन् । कारण, उनको पहिलो नेपाल फ्लाइट थियो । उनी अर्थात युएस बंगला एयरलाइन्सकी युवा को-पाइलट पृथुला रसिद । जो सोमबार पहिलोपटक नेपाल आएकी थिइन, को-पाइलट बनेर । तर, ढाकाबाट उड्नुअघिको उनको उत्साह एक घण्टा पनि टिकेन । उनले चलाएको जहाज काठमाडौँको धावनमार्गमा यसरी पछारियो कि अब पृथुला कहिल्यै बिउँझिन सक्दिनन् ।

बंगलादेशको द डेलीस्टार अनलाइनका अनुसार, पृथुलाले सन् २०१६ को जुलाईमा युएस बंगलामा करिअर सुरु गरेकी थिइन् । बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर गरेकी थिइन् । उनले यो बीचमा बंगलादेशको आकाशमा डेढ बर्ष बिताइन् । एशिया र अमेरिकाका आकाशमा पनि कोपाइलट भएर जहाज उडाइन् । तर, नेपाल आउने समय जुरेको थिएन ।

सोमबार पहिलोपटक नेपालमा उडान गरेर आएकी उनले काठमाडौँ टेक्न नपाउँदै संसार त्यागिन् । घाइते अबस्थामा उद्दार गरिएकी उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको ज्यान गयो । उनीसँगै पाइलट अबिद सुल्तानको पनि ज्यान गयो । उनी नेपाल उडानमा अनुभवी पाइलट मानिन्थे ।

बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको ७८ सिटे जहाजमा क्याप्टेन सुत्तान र कोपाइलट पृथुलासहित चालक दलका चार जना सदस्य थिए । उनीहरुको पनि ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । २२ जना घाइते छन् ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com