janatanews

जहाज दुर्घटनामा परेकामध्ये को-को बाँचे ? (नामसहित)
[2018-03-14 오전 12:29:00]

काठमाडौँमा बंगलादेशी जहाज दुर्घटनामा परेकामध्ये २२ जना बाँच्न सफल भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो भएको युएस बंगला जहाज दुर्घटनामा परेर उद्दार गरिएका ११ नेपालीसहित २२ जना यात्रु बाँच्न सफल भएका हुन् । ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना रहेकोमा ४९ जनाले भने ज्यान गुमाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २२ जनाको अहिले काठमाडौँका बिभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ । धापासीस्थित ग्रान्डी अस्पतालमा दयाराम ताम्राकार, किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र विनोद पौडेलको उपचार भइरहेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बसन्त बोहरा, आशिष रन्जित, सनम शाक्य, पिंकी धामी र सविना व्यञ्जीनकारको उपचार भइरहेको छ ।

जहाज दुर्घटनामा घाइते केशव पाण्डेको मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको छ भने बाँसबारीस्थित न्यूरो अस्पतालमा दिनेश हुमागाईंको उपचार भइरहेको छ ।

यसैगरी, केएमसी अस्पताल सिनामंगलमा विदेशी नागरिकहरु ईन्द्रना कविर, कबिर हुसेन, रसिद हुसेन, मेहेन्दी हसन, रजिना अब्दुल्लाहा, डा इर्जना, श्रहना, सरिन अहमद र महमद सहिनको उपचार भइरहेको छ ।

बंगाली नागरिक मोहमद रिजवान हक्युको ओम अस्पताल चावहिल र नाम नखुलेका अर्का एकजना बंगाली नागरिकको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा १३ जना नेपालीसहित ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाएकामध्ये १२ जना एमबीबीएसको परिक्षा दिएर फर्किएका नेपाली विद्यार्थी छन् ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com