nk

यूएस बंगला विमान दुर्घटना २२ नेपाली सहित ४९ जनाको मृत्यु, २२ जना घाइते ।।
[2018-03-13 오후 5:29:00]

यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिका सहित ६७ यात्रुहरु थिए ।
त्यस्तै मालदिभ्स र चीनका एक÷एक जना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।

गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशह नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ । चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।
घाइते मध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।

नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको
यसैबीच दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए ।

बंगलादेश हुदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट थियो । तर, नेपालमा युएस–बंगला भित्र्याउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनु र्पयो ।

जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले जानकारी दिनुभएको छ ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com