janatatimes

राजस्व संकलनमा कमजोरी गरे कारवाही गर्ने : अर्थमन्त्री खतिवडा
[2018-03-01 오후 1:40:00]

अर्थमन्त्रालयले कुनै पनि वाहानामा भन्सार छुट नदिन सम्वन्धित भन्सार अधिकृतलाई निर्देशन दिएको छ । भन्सारका कर्मचारीले सेटिङमा मुल्य कम गरी छुट दिने गरिरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले अधिकृतलाई सो निर्देशन दिनु भएको हो ।

उहाले लक्ष्य भन्दा पनि धेरै राजस्व उठाउन सकिने भन्दै सबै भन्सार अधिकृतलाई बुधबार निर्देशन गरिसकेको जानकारी दिनुभयो । ‘भन्सारमा कारोबार मुल्य प्रतिविम्वित गरेर भन्सार कटाउने, बस्तुको कोड, विवरण, परिमाण वा मुल्य फरक पारेर कुनैपनि बहानामा कुनै पनि कर्मचारीले तलमाथी गर्न खोज्यो भने उ कारवाहीको दायरामा आउछ । त्यसको अनुगमनपनि गर्छौं ।’ अर्थमन्त्री खतिवडाले स्पष्ट पार्नुभयो।

बजेटको तयारी अब

अर्थमन्त्री खतिवडाले अर्को साताबाट आर्थिक वर्ष २०७४÷७५बजेटको तयारी थाल्ने बताउनु भएको छ । यो साताको अन्तिमसम्म अर्ध वार्षिक समिक्षा गरेपछि मात्र बजेट निर्माणको शुरुवात गर्ने बताउनु भएको हो । ‘यो साताको अन्तिमसम्ममा समिक्षा सकिन्छ, त्यसमा हामी कहा छौं भनेर स्पष्ट भएपछि त्यसले हाम्रो आर्थिक नीतिलाई मार्गनिर्देश गर्छ । त्यस अनुसार आगामी वर्षको बजेट बनाउछौं’ अर्थमन्त्री खतिवडाको भनाई छ । उहाले अब प्रदेशलाई पनि बजेट दिनुपर्ने भएकाले थप दायित्व समेत बढेको बताउनु भयो । ‘दायित्व थपिएका कारण त्यसलाई सुक्ष्म अध्ययन गरेर बजेटको तयारीमा लागि हाल्नेछौं ।’ उहाको भनाई थियो ।

स्थिर आर्थिक संरचना

अर्थमन्त्री खतिवडाले छिट्टै नै स्थिर, अनुशासित र अग्रगामी आर्थिक संरचना तयार पार्ने बताउनु भयो । ‘अहिले हामीलाई भुकम्पको आरोप पनि लगाउनु छैन, नाकाबन्दी भयो भनेर पनि क्षमा पाउने छैनौ., अन्तराष्ट्रिय आर्थिक संकट भयो भनेर पनि पाउने छैनौं । हामीले हाम्रो समस्या, वित्तिय अराजकता, दुरदृष्टिको अभावका कारण आर्थिक क्षेत्रमा समस्या भएको छ ।’ उहाले अगाडी भन्नुभयो,‘त्यसलाई अब हामी व्यवस्थित गर्नैपर्छ । त्यसका लागी तत्कालै, एक महिना वा ६ महिना समधान नहोला तर, एउटा स्थिर, अनुशासित र अग्रगामी आर्थिक संरचना तयार पारिने छ ।’



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com