(एजेन्सी)

सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा
[2018-03-01 오후 1:23:00]

सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको दाबी गरेका छन् ।

सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ ।

पछिल्ला दिनमा सिरियाली सेनाले विद्रोहीविरुछद्ध क्लोरिन ग्यास प्रयोग गरेको खुलासा भएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध भोग्दै आएको छ ।

सिरियाली सरकारी एजेन्सी साइन्टिफिक स्टडिज एन्ड रिसर्च सेन्टरले उत्तर कोरियाली रासायनिक कम्पनीहरुलाई ठूलो रकम तिरिरहेको दाबी पनि अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् । (एजेन्सी)



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com