Nk

पाँचथरको ईमानसिं रंगशाला निर्माण अधुरै
[2018-03-01 오후 1:18:00]

पाँचथरको फिदिम नगरपालिकामा १० वर्षअघि निर्माण शुरु गरिएको रंगशालाको काम अझै पूरा नहुँदा स्थानीय निराश भएका छन् । २०६४ सालमा फिदिम–१० खलङ्गाटारमा निर्माण सुरु गरिएको ईमानसिं रंगशालाको काम अझै पूरा नभएको हो ।

बजेट अभाव भएकाले निर्माणको काम द्रुतगतिमा अघि बढ्न नसकेको हो । रंगशाला निर्माण गर्न भन्दै अहिलेसम्म ४२ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । स्थानीय स्तरमा खेदकुदको विकास गर्ने उद्देश्यका साथ निर्माण प्रारम्भ भएको रंगशालाको करिब ७५ प्रतिशत काम मात्र सम्पन्न भएको स्थानीय चोरुलुङ क्लबका अध्यक्ष बीरबहादुर थाम्सुहाङले बताए ।

रंगशाला निर्माणको काम सक्न थप रकम आवश्यक रहेकाले दाताको खोजी भइरहेको उनले जानकारी दिए।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com