nk

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख घुस लिँदालिँदै रंगेहात पक्राउ
[2018-03-01 오후 1:03:00]

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्ण घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ सरकारी निवास लहानको ग्रामीण चोकबाट उनलाई पक्राउ गरेको हो ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) लहानका एक कर्मचारीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए ।


होरेन्डेकलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम दिएको छ । होरेन्डेकका एक कर्मचारीले भने, ‘कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिसन माग्दै आएका थिए ।’ कर्णले कुल बजेटको १० प्रतिशत कमिसन मागेपछि अख्तियारलाई खबर गरिएको थियो ।

कर्णले आफुले कुनै रकम नमागेको र आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । ६ वर्षदेखि घरेलुमा काम गरेका कर्णले आफू निर्दोष रहेको दाबी गरेका छन् ।



Nick Name     
comment   




बुद्धको प्रतिमा राख्ने भवन निर्माण कार्यको शिलान्यास, बुद्धको प्रतिमा हस्तन्तारण


नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com