Dambar Subba

बुद्ध प्रतिमा स्थापना सचिवालय समितिले पत्रकार सम्मेलन गर्ने
[2018-02-27 오후 7:05:00]

"कोरियामा बुद्धको प्रतिमा स्थापना अभियानमा सहभागी बनौ हाम्रो शान र मौलिक पहिचान विश्व भर फैलाऔ" भन्ने नाराका साथ ख्यङगीदो प्रान्तको योङईन सिटि स्थित रहेको पर्यटकीय गुम्बा वाउछङसामा नेपाली प्रकारको मौलिक गौतम बुद्धको प्रतिमा स्थापना गर्न माईनस १६ डिग्रीको जाडोमा पनि सक्रिय रुपमा लागी रहेका बुद्ध प्रतिमा स्थापना सचिवालय समितिले यहि मार्च ४ तारिख पत्रकार सम्मेलन गर्ने भएको छ ।

यहि आउदो मार्च ४ तारिख आईतबारको दिन कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित लुम्बीनी रेष्टुरेन्टमा दिनको १२ बजे देखि पत्रकार सम्मेलन गर्न लागेको यस अभियानका संयोजक तथा नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले बताउनु भएको छ ।

गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो सन्देश फैलाउने उददेश्यले बुद्धको प्रतिमा स्थापना अभियान एक पवित्र राष्ट्रिय अभियान भएता पनि कोरियामा बसोबास गर्ने केहि व्यक्तिहरुले व्यक्तिगत स्वार्थको लागी यस अभियानलाई असफल बनाउन पूर्वग्राही रुपमा अतिरंजित गलत प्रचारवाजी गरी रहेको हुनाले पत्रकार सम्मेलन गर्नु पर्ने अपरिहार्यता भएको अभियानका संयोजक केसीले थप बताउनु भयो ।

कोरियावासी सम्पूर्ण परोपकारी राष्ट्रप्रेमी आदरणीय दाजु भाई तथा दिदीबहिनीहरुलाई बुद्ध प्रतिमा स्थापना अभियान सचिवालय समिति द्धारा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भई आफनो जिज्ञाशा राख्दै सहयोग गरि दिन हुन अनुरोध गरिएको छ ।

दक्षिण कोरिया लगायत विश्वका विभन्नि राष्ट्रको सर्वसाधारण नागरिकहरु गौतम बुद्धको जन्म कहां भएको हो भन्ने विषयमा गलत प्रचारप्रसारको कारण भारतमा भएको हो भन्ने गर्दछन ।

सोही भ्रमलाई चिर्नको लागी बुद्ध प्रतिमा स्थापना सचिवालयल समितिमा दक्षिण कोरियामा १९९३ सालमा स्थापित छाता संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरिया संयोजक र नेपाल बौद्ध परिवार सह संयोजक रही विभिन्न पेशामा आबद्ध सामाजिक सेवामा सक्रिय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी,पत्रकार आदीहरु सदस्य रहेको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com