Dambar Subba

पापोहाङ लाओती सयङ कोरिया गठन
[2018-02-17 오후 12:47:00]

प्रवासमा लाओतीहरुको एकता, पारिवारिक मिलाप हाम्रो प्रतिबद्धताको नारा सहित गत फेबु्रअरी १६ तारिख कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित रहेको नाङलो रेष्टुरेन्टको सभाहलमा पापोहाङ लाओती सयङ दक्षिण कोरियाको प्रथम कार्यसमिति गठन भएको छ ।

उक्त दिन भएको भेटघाट कार्यक्रमले सर्वसहमतीमा रमेश लाओतीको अध्यक्षमा १५ सदस्यीय प्रथम कार्यसमिति गठन गरेको छ । कार्यसमतिको उपाध्यक्षद्धयमा मन्जु लावती,राम कुमार लाओती, सचिवमा ईन्द्रजीत लाओती, सहसचिवमा जेनिस लाओती, कोषाध्यक्षमा केहेरमान लाओती, सहकोषाध्यक्षमा हेमकला लाओती र सदस्यहरुमा क्रमश पन्च कुमार लाओती, नरेन्द्र लाओती, नफिसा लाओती,गगन लाओती, रत्न लाओती, हेम लाओती, बीर बहादुर लाओती, मुना लाओतीलाई मनोनित गरेको छ ।

विश्वमा छरिएका लाओती समाजसंग पारिवारिक एकता र सहकार्यका साथै भाषा संस्कृती र परम्पराको संरक्षण सम्बद्र्धन गर्दे कोरियामा आकस्मिक भई परी आउने आपतविपत र समस्या समाधानमा सहयोग गर्ने पापोहाङ लाओती सयङ कोरियाको मुख्य उददेश्य रहेको नवनिर्वाचित अध्यक्ष रमेश लाओतीले बताए ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com