Dambar Subba

संघिय लिम्बुवान सामाजिक मन्च कोरियाको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा लक्सम मनोनित
[2018-02-16 오전 11:36:00]

संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च नेपालको प्रवास समिती संघिय लिम्बुवान सामाजिक मन्च दक्षिण कोरियाको तेस्रो अधिवेशन हिजो अप्रिल १५ तारिख सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित रहेको नाङलो रेष्टुरेन्टको सभाहलमा भएको उक्त अधिवेशनमा कोरिया स्थित विभिन्न राजनितीक तथा जातिय भातृ सगठनका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

लिम्बुवान सहितको १० प्लस १ प्रान्त कायम गरौ भन्ने नाराका साथ मन्चका अध्यक्ष नन्द काम्बाङ मिरापको सभापतित्वमा भएको उक्त अधिवेशनमा उपस्थित विभिन्न राजनितीक तथा जातिय भातृ सगठनका पदाधिकारीहरुले मुलुक संघियतामा पाईला चालि सकेता पनि पहिचानको आधारमा जातीय, लोकसंस्कती परम्पराको आधारमा नामाकरण गर्नु पर्नेमा विषेश जोड दिएका थिए ।

सोहि दिनमा भएको संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च नेपालको प्रवास समिती संघिय लिम्बुवान सामाजिक मन्च दक्षिण कोरियाको तेस्रो अधिवेशनले सर्वसहमतीमा रमेश लक्समको अध्यक्षतामा नयां कार्यसमिती गठन गरेको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सानु माबो, उपाध्यक्षमा मन्जु लावती, महासचिवमा रमेश लावती, सचिवमा सपना सेलिङ सहसचिवमा टंकेश लिम्बु, कोषाध्यक्षमा नरेन्द्र योङहाङ, र सदस्यहरुमा क्रमश दिपेन माखिम, डम्बर नेम्बाङ, टुकेन लिम्दम, मेक्शी तामाङ, शिशिर नेम्बाङ, दिपेन तुम्खेवालाई मनोनित गरेको छ ।

त्यस्तै सल्लाहकारहरुमा नन्द काम्बाङ "मिराप", अग्नि पन्थाक "मिराक", डिक राई र बिर बहादुर सांवालाई चयन गरेको छ ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले विश्वका बिभिन्न २२ वटा राष्ट्रमा प्रबाश समितिहरू स्थापना गरेको छ । ति मध्ये दक्षिण कोरियामा सन् २०११ मा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रबाश समिती संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिणको स्थापना भएको हो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com