nepalikorea

धनकुटा सेवा समाज कोरिया द्धारा बाढि पिडितलाइ आर्थिक सहयोग बितरण
[2018-02-14 오후 6:19:00]

कोरिया प्रबासमा सामाजिक सेवाको क्षेत्रमा सकृय सस्था धनकुटा सेवा समाजले सुनसरि जिल्ला इटहरी नगरपालिकाको बुढि खोलामा आएको बाढी पिडित जनसमुदायलाई १,६०,००० ( एक लाख साठी हजार ) रुपैया आर्थिक राहत बितरण गरेको छ ।

कोरियाका धनकुटेलिहरुबाट बाढी पिडितको सहयोगको लागी उक्त रकम संकलन गरेका थिए । उक्त रकमलाइ यहि मिति २०७४ साल माघ १७ गतेका दिन स्थानिय प्रसासनको रोहबरमा पिडित समुदाय माझ एक कार्यक्रमका बिच धनकुटा सेवा समाजका पूर्ब बरिष्ठ उपध्यक्ष धानु थापाले बितरण गर्नु भएको थियो ।

धनकुटा सेवा समाजका अध्यक्ष परदेश राइले दिएको जानकारि अनुसार बाढी पिडित मध्ये २९ घर परिवारलाइ राहत बितरण गरिएको र पिडितहरुको पिडाको घाउमा मल्हम लगाउन सघाउ पुगेको बताउनु भयो । अध्यक्ष राइका अनुसार उठेको रकमबाट प्रती परिवार ५ हजारका दरले आर्थिक सहयोग बितरण गर्न सम्भब भएको थियो ।

धनकुटा सेवा समाजले धनकुटाका स्थानिय युबा क्लब, असाध्ये रोगको उपचारको अभाबमा परेका बिरामि , बिनासकारि भुकम्पमा परेका पिडित लगायत जिल्लामा आइपर्ने सिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत सहयोग पुर्याउदै आएको छ ।

त्यसै गरि कोरियामा रहेका नेपाली दाजु भाइलाइ कम्पनी परिबर्तन गर्दा वा औषधि उपचार गर्दा आइपर्ने बसोबासको आपतविपतलाइ मध्यनजर गरि बिगत २ बर्ष देखि छनान - आसानको ओन्याङ ओन्छनमा " धनकुटा आवास गृह " नामको एक शेल्टर सन्चालनमा ल्याएको छ ।

अध्यक्ष परदेस राइले भन्नू भयो - हाल यो सेल्टरमा यस्को क्षमता अनुसार दैनिक ३० जनालाइ सेवा दिन सफलता मिलेको छ र आगामी दिनमा सेवा र सहयोग को भाबनाले आफ्नो गृह जिल्ला धनकुटा र कोरियामा सामाजिक कृयासिलतालाई अझै बढी प्रभाबकारी बनाइने छ ।

धनकुटा आवास घर
सम्पर्क -०१०४१८४१९८५



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com