रासस

दुई नेताकोमात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेपाल
[2018-02-14 오후 6:02:00]

नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनलेमात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए ।

उनले भने–‘दुई नेताको व्यवस्थापनलेमात्रै हुँदैन । पहिला पूर्वप्रधानमन्त्री भइसकेका, पार्टी सन्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।’

पार्टी एकतामा देखिएका बाधालाई छिटोभन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए ।

उनले भने–‘पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग्याउनु जरुरी छ ।’

पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उनले सरकार गठनका लागि समय आइसकेको बताए ।

एक फरक प्रसंगमा बोल्दै उनले भने–‘कामचलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउनेछ ।’



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com