nepalikorea

एभरेष्ट म्युजिकल लाईभ कन्सर्टका कलाकारहरु कोरियामा
[2018-02-14 오후 5:49:00]

सोलु सम्पर्क समितिले बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागेको एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ को कलाकारहरू कोरिया आइपुगेको छन् ।

नेपालबाट चर्चित कलाकारहरु गायिका मेलिना राई, गायक शिव परियार, लोकदोहोरी गायक मिलन लामाका साथमा हास्य कलाकार संदिप क्षेत्री कोरिया आएका छन भने गायक राज सिग्देल आज बेलुकी ८ बजे अस्ट्रेलियाबाट आउने आयोजक समितिका अध्यक्ष टिआर खालिङले बताए ।

कलाकारहरूलार्इ स्वागत गर्नका लागी कार्यक्रम संयोजक दावा लामा, सोलु सम्पर्क समितिका अध्यक्ष टिआर खालिङ ,प्रचार प्रसार प्रमुख सुनिल दिप्त रार्इ,सल्लाहकार थुप्तेन शेर्पा,अजुपजंग बस्नेत लगाएतका पदाधिकारी इनछन अन्तराष्ट्रिय बिमानस्थलमा पुगेका थिए।

नेपाल ललितकला मञ्च सह आयोजक रहेको उक्त साँगीतिक कार्यक्रम फेब्रअरी १५ तारिखका दिन सौलको छोङनो ओगा स्थित स्थित फेक जु न्यन गिन्यम ग्वानको हलमा हुने भएको छ ।कोरियामा रहेका सम्पुर्ण महानुभावहरूलार्इ मनोरन्जन सहित समाजसेवामा सरिक हुन पनि आयोजकले बिनम्र अनुरोध गरेको छ।



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com