एजेन्सी

दक्षिण अफ्रिकामा सत्तारुढ दलबाटै राष्ट्रपति जुमाको राजीनामा माग
[2018-02-13 오후 8:56:00]

दक्षिण अफ्रिकामा राष्ट्रपति ज्याकोब जुमाको राजीनामा मागिएको छ । सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति ज्याकोब जुमाको राजीनामा माग गरेको हो ।

सोमबार राति अबेरसम्म चलेको बैठकमा पद त्याग्न अस्वीकार गरेपछि अधिकांश सदस्यले राष्ट्रपति जुमाको राजीनामा मागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत डिसेम्बरमा पार्टी प्रमुखमा सिरिल रामापोसा चुनिएपछि राजीनामा दिन जुमामाथि दबाब पर्दै आएको थियो ।

राजीनामाबारे अफ्रिकन नेसनल कांग्रेसका १०० भन्दा बढी वरिष्ठ नेताले १३ घन्टा छलफल गरेका थिए ।

सन् २००९ पछि राजनीतिको नेतृत्वमा रहेका ७५ वर्षीय जुमामाथि पटक–पटक भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।

सन् २०१६ मा निजी घरमा सरकारी पैसा खर्च गरेर फिर्ता नगर्दा अफ्रिकी उच्च अदालतले जुमाले संविधानको उल्लंघन गरेको जनाएको थियो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com