NK REPORTER

सप्तरीमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु
[2018-02-13 오후 8:52:00]

कोसीटप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गरेका दुई महिलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका–५ पथरीका ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीय दुर्गीदेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

दाउरा खोज्दै आरक्षको सीमामा पुग्नासाथ हात्तीले लखेटेको वुधनीदेवी सरदारले बताइन् । सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी छन् ।

घटनास्थलको मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय कन्चनरुपले जनाएको छ ।



Nick Name     
comment   




नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित


कोरियामा बुद्धको प्रतिमा स्थापना अभियान सफलताको अन्तिम चरणमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com