एजेन्सी

न्यूयोर्क विश्वका धनी शहरको सूचीमा, लण्डन दोस्रो स्थानमा
[2018-02-12 오후 6:38:00]

विश्वका धनी शहरको सूचीमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ । न्यू वल्र्ड वेल्थले रिपोर्टले विश्वका धनी १५ शहरको सूची सार्वजनिक गरेकोमा न्यूयोक पहिलो नम्बरमा परेको हो ।

यसैगरी बेलायतको लण्डन दोस्रो, जापानको टोकियो तेस्रो र अमेरिकाको सनफ्रान्सिस्को चौथो नम्बरमा छन् ।

पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाई परेका छन् । भारतको मुम्बई पनि विश्वको धनी शहरको सूचीमा १२ औं स्थान परेको छ ।

सबैभन्दा धनी देशको सूचीमा भारत छैठौं स्थानमा छ । भारतमा ८ हजार २३० बिलियन डलर सम्पत्ति छ ।

शहरको कूल सम्पत्तिको गणनामा शहरमा बस्ने व्यक्तिको निजी सम्पत्ति मात्र गणना गरिएको छ ।

व्यक्तिहरुको जग्गा, नगद, शेयरलगायतलाई हेरेर सम्पत्तिको मूल्यांकन गरिएको हो । सरकारी कोषको गणना भने यसमा गरिएको छैन ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com