एजेन्सी

रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु
[2018-02-12 오후 6:35:00]

रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ । मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जना लिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो ।

पाइलटले विमानमा खराबी आएको भन्दै आपतकालीन अवतरण गर्न लागेको बताएका थिए ।

काजकस्तानको सीमा क्षेत्र युरेल्सका लागि उडेको साराटोभ एयरलाइन्सको एन्टोनभ एन–१४८ विमान दुर्घटनाग्रस्त भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

उनले दुर्घटनामा परेका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । रुसमा हालैका वर्षमा दुई ठूला जहाज दुर्घटना भएका छन् ।

सन् २०१६ र २०१५ मा भएका दुर्घटनाका क्रममा क्रमशः ९२ र २२४ जनाको मृत्यु भएको थियो ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com