NK REPORTER

नयाँ सरकारको खाका तयार भइसकेको छैनः अध्यक्ष दाहाल
[2018-02-12 오후 6:19:00]

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको खाँका तयार भई नसकेको बताएका छन् ।

ट्रेकीङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को संयुक्त लोसार कार्यक्रमको आइतबार राजधानीमा उद्घाटन गर्दै उनले कुन दलको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निक्र्योल नभई सकेको बताए ।

उनले फागुन दोस्रो साता नयाँ सरकार गठन हुन सक्ने पनि बताए । सरकर गठन र पार्टी एकताको बिषयमा एमाले अध्यक्ष केपी ओलीसंग छलफल भईरहेको उनको भनाई थियो ।

अध्यक्ष दाहालले आर्थिक समृद्धीको लागि पर्यटन क्षेत्रको बिकल्प नभएको पनि बताऐ ।

टानले प्रत्येक बर्ष मनाउने ल्होसारले साँस्कृतिक र आर्थिक रुपमा दिगो पर्यटनको लागि टेवा पुर्याएको उल्लेख गरे ।

उनले नयाँ बन्ने सरकारले पर्यटन क्षेत्रको विकासको लागि सहयोग गर्ने वचन दिए ।

टानका अध्यक्ष नवराज दाहालले नेपालको पर्यटन क्षेत्रमा सरकारले यथोचित ध्यान दिन नसकेको गुनासो गरे ।

बिदेशी पर्यटक भित्रने मुख्य प्रवेशद्धार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको दुरअवस्था रहेको भन्दै स्थरउन्नती आवश्यक रहकोमा जोड दिए ।

टानले ल्होसारको अवसरमा मौलिक भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com