NK REPORTER

गैंडाको खागसहित २ सैनिक पक्राउ
[2018-02-11 오후 9:52:00]

प्रहरीले गैंडाको खागसहित नेपाली सेनाका दुई जनासहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरमा गैंडाको दुई थान खाग लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्रा गरेको हो । उनीहरुसँगै प्रहरीले गोरखा सिरानचोक २ का ३८ वर्षीय डिलबहादुर ढकाललाई पनि पक्राउ गरेको छ ।

हरिबहादुर र कृष्णबहादुरले नेपाली सेनाको परिचयपत्र देखाएपछि उनीहरुलाई कारबाहीका लागि जंगी अड्डामा पठाएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । प्रहरीले डिलबहादुरलाई भने कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाएको छ । उनीहरुबाट बरामद खाग एटा ११८० ग्राम छ भने अर्को ६४० ग्रामको रहेको छ ।



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com