Devi adhikari

तीन सय शैयाको अस्पताल प्रधानमन्त्री देउवाद्धारा उद्घाटन
[2018-02-11 오후 8:31:00]


कर्णालीको गौरव आयोजनाका रुपमा रहेको पश्चिम नेपालकै ठुलो ३ सय शैया अस्पतालको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नु भएको छ ।
अस्पतालको उद्घाटन संगै प्रतिष्ठानलाई हस्तान्तरण गरिएकोे छ । उद्घाटनका लागि आईतबार विहान ११ बजे प्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री दिपक बोहोरा, स्वास्थ्य सचिव लगायतको टोली जुम्ला पुगेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई नेपाल सरकारले जुन सुकै समयमा पनि सहयोग गर्ने प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताउनु भयो । २०७२ पौष ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आग्लागीको छानविन गर्न निर्देशन समेत दिनुभएको थियो ।
उद्घाटनको क्रममा बोल्दै स्वास्थ्य मन्त्री दिपक बोहोराले कर्णालीमा ६ नम्वर प्रदेशकै स्वास्थ्य क्षेत्रको राजधानी बन्न सक्ने पुर्वधार जुम्लामा तयार भएको बताउनु भयो । नेपाल सरकारले हालसालै क्यान्सर, मृगौला र प्यारालाईसेस का विरामीहरुलाई स्वास्थ्य भत्ता स्वरुप मासिक पाचँ हजार रुपैँया समेत दिने बताउनु भयो ।
कार्यक्रमको अवसरमा बोल्दै पूर्व राज्य मन्त्री बल बहादुर महतले भने २०७२ पौष ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आग्लागीको छानविन गरि दोषिलाई कारवाही गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्नु भयो साथै आग्लागी आफै नभई प्रयोग शालामा राखिएको कमसल उपकरण खरिदमा भएको हिनामिना छिपाउन आग्लागी गराइएको बताए ।
प्रतिष्ठानको भवन रसुवा जेभि कन्सट्रक्सनले ३ सय शैया अस्पतालको लागत ईस्टमेट ९१ करोड भएपनि टेन्डर प्रक्रियामा झण्डै ७६ करोडमा निमार्ण सम्पन्न गरेको हो ।



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com