NK REPORTER

प्रत्येक प्रदेशमा अब सात–सात मन्त्रालय
[2018-02-11 오후 8:32:00]

संघीय संरचना अनुसार अब सातै प्रदेशमा सात–सातवटै मन्त्रालय रहने भएका छन् । प्रदेश सरकारले पछि मन्त्रालयको नाम र कार्यक्षेत्र परिवर्तन गर्न सक्ने भए पनि अहिलेलाई केन्द्र सरकारले नै मन्त्रालयको नाम र कार्यक्षेत्र निर्धारण गरिदिएको हो ।

प्रदेश सरकारको कार्य सञ्चालन विधि र मन्त्रालयको संरचना प्रदेश सरकारले निर्धारण गर्न सक्ने भएपनि सुरुवातमा कुनै अन्योल नहोस् र सबै प्रदेशमा एकरुपता होस् भनेर केन्द्र सरकारले नै प्रदेश मन्त्रालय र तिनको कार्यक्षेत्र निर्धारण गरिदिएको छ ।

संविधानविद् काशीराज दाहालको संयोजकत्वमा गठित अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनः संरचना समितिको सिफारिसलाई आधार मानी केन्द्र सरकारले निर्धारण गरिदिए अनुसार अब प्रत्येक प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्य ६ वटा मन्त्रालय रहनेछन् ।

ती ६ वटा मन्त्रालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने छन् ।

सरकारले ती मन्त्रालयको कार्यक्षेत्र पनि तोकिएको छ । जस अनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत मूलतः प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रिपरिषद्, प्रदेशभित्रको शासन व्यवस्थाको सामन्य निर्देशन, नियन्त्रण र सञ्चालन, सञ्चार, भ्रष्टचार नियन्त्रण र सङ्घ र स्थानीय तहका सम्पर्क र समन्वय पर्नेछन् ।

यस्तै केन्द्रमा गृह मन्त्रालयले जस्तै कार्य समेत गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरोे, विपद व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, कानुन, न्याय तथा प्रदेशसभा मामिला र प्रदेश कर्मचारी प्रशासन पर्दछन् ।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत तोकिएका कार्यक्षेत्रमा अर्थ, योजना तथा बजेट, वित्तीय संस्थाहरू र तथ्याङ्क रहेका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक, खानेपानी, जलस्रोत, ऊर्जा, सिंचाइ र यातायात रहेका छन् ।

यस्तै सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला तथा युवा, खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृत र श्रम तथा रोजगार पर्नेछन् भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन, वन, विज्ञान, वातवरण र जलवायु एबं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पर्ने कार्यक्षेत्रमा भूमि व्यवस्थापन, गुठी व्यवस्थापन, कृषि, पशुपक्षी, सहकारी र गरिबी निवारण रहेका छन् । अव प्रदेश सरकार बन्दा यही संरचना अनुसार मन्त्रीको नियुक्ति र कार्यसञ्चालन हुनेछ ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com