AGENCY

दक्षिण कोरियामा किम जोङ र उनकी बहिनी
[2018-02-09 오후 8:28:00]

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ शीतकालीन ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार दक्षिण कोरियामा पुगेकी छिन्।

शुक्रबारदेखि सुरु हुन लागेको ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन यो जोङ उत्तर कोरियाली खेलकुदसम्बन्धी मार्गनिर्देशन गर्ने समितिका अध्यक्ष चो ह्वी, अन्तरकोरिया मामिलासम्बन्धी एजेन्सीका अध्यक्ष री सन ग्वन लगायतको टोली दक्षिण कोरिया पुगेको हो।

बुधबार नै करिब २८० उत्तर कोरियालीहरुको टोली दक्षिण कोरिया पुगेको हो। किम यो जोङ पछिल्लो समय पार्टी र देशको नेतृत्वमा उच्च पद हासिल गर्दै पोलिटब्युरोमा पुगेकी छिन्। ३० वर्षीया उनी उत्तर कोरियाली शासक किम जोंङ उलकी कान्छी छोरी हुन्।
उद्घाटन समारोहमा उत्तर कोरिया र दक्षिण कोरियाले एकै झन्डामुनि मार्चपास गर्दैछन्।



Nick Name     
comment   




नायक दयाहाङलाई रिमुजीन र रेड कार्पेटमा स्वागत, कान्छी फिल्म भने अव्यवस्थित


कोरियामा बुद्धको प्रतिमा स्थापना अभियान सफलताको अन्तिम चरणमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com