एजेन्सी

दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर भ्रमणको निम्ता दिइने प्रबल सम्भावना
[2018-02-09 오후 6:49:00]


उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई यसै वर्ष प्योङयाङ भ्रमणको निम्तो दिने प्रबल सम्भावना रहेको कूटनीतिक स्रोतहरूले बताएका छन् ।

यसमा कुनै टुंगो नलागिसकेको भएपनि मूनले उत्तरको भ्रमण गरे भने सन् २००७ पछि त्यो देश पुग्ने पहिलो राष्ट्रपति हुनेछन् ।

अगस्ट महीनाको १५ तारिखमा मूनले उत्तरको भ्रमण गर्न सक्छन् । उक्त दिनमा कोरिया जापानीहरूबाट स्वतन्त्र भएको थियो र दुवै कोरियाले त्यस दिन बिदा मनाउँछन् ।

मूनलाई उत्तर बोलाउने निमन्त्रणा शनिवार स्वागत भोजका बेलामा दिन सकिने कैयौं कूटनीतिक स्रोतहरूले बताए ।

दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ताले शुक्रवार मून र किम यो जोङ तथा अन्य तीन उच्चस्तरीय प्रतिनिधिबीच शनिवार भेट हुने कुरा पुष्टि गरे ।

प्रवक्ताले दक्षिण कोरियाली राष्ट्रपतिको उत्तर भ्रमणको सम्भावनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरे ।

उत्तर कोरियाली प्रतिनिधिमण्डल बोकेको एक निजी विमान दक्षिण कोरियाको इन्चियोन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार शुक्रवार २ बजे ओर्लेको थियो । उक्त प्रतिनिधिमण्डलले उद्घाटन समारोहमा भाग लिनेछ ।



Nick Name     
comment   




अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम गर्दे छौ–आयोजक सदस्यहरु,राईज फर नेपाल कन्सर्ट


श्रम सहचारी बास्तोलालाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com