NK REPORTER

प्रदेश नम्बर ३ मा एमालेको संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित
[2018-02-09 오후 6:45:00]

प्रदेश नम्बर ३ मा बहुमतप्राप्त दल नेकपा एमालेको संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । जेष्ठ सदस्यको हैसियतमा प्रदेशसभाको नेतृत्वसमेत गरिरहेका पौडेल अब मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

पौडेलले जेष्ठ सदस्यको हैसियतमा अन्य सदस्यहरुलाई शपथ खुवाएका थिए । प्रदेश संसदको पहिलो बैठकको नेतृत्व पनि उनैले गरेका थिए । प्रदेशसभाले सभामुख चयन नगर्दासम्म बैठकको अध्यक्षता पौडेलले नै गर्नेछन् ।

उनले पहिलो बैठकको अध्यक्षता गरेपछिआफ्नो रुची मुख्यमन्त्रीमै भएको लोकान्तरसँग बताएकाथिए ।

'यो जिम्मेवारी (सभामुख) मेरो आत्मसन्तुष्टिको विषय चाहिँ होइन । यहाँ लिमिटेसन छ, तोकिएको कुरा बोल्नुपर्छ, अलि काम नहुने खालको पद हो,' उनले भनेका थिए, 'अति सम्मानित पदलाई अस्वीकार गरेर हुँदैन भन्न त मिल्दैन, तर मेरो रुची मुख्यमन्त्रीमै हो ।'

अन्तत: उनले चाहेजस्तै भएको छ । अब पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्नेछन् ।
उनी यस्तो भाग्यमानी व्यक्ति ठहरिएका छन्, जसले एकै कार्यकालमा प्रदेशसभा र प्रदेश सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।

संसदीय दलको नेता चयनका लागि ललितपुरमा शुक्रबार भएको निर्वाचनमा पौडेलले पार्टी उपाध्यक्षसमेत रहेकी प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यलाई पराजित गरे । कुल ५८ मतमध्ये पौडेलले ३४ र शाक्यले २४ मत पाएका थिए । पौडेललाई अध्यक्ष केपी शर्मा ओली र शाक्यलाई माधव नेपाल पक्षको समर्थन छ ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com