kantipurdaily

कलाकार राजेन्द्र खड्गी मानव बेचबिखनको आरोपमा पक्राउ
[2018-02-09 오전 6:19:00]

मानव बेचबिखनको आरोपमा कलाकार राजेन्द्र खड्की पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहीबार दिउँसो ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोले मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राख्ने म्याद लिई अनुसन्धान थालिसकेको छ ।

ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठका अनुसार सांस्कृतिक कार्यक्रमदेखि फिल्म र डकुमेन्ट्री बनाउने भन्दै खड्गीले दक्षिण कोरिया लगेर ११ जनालाई छोडेको भन्ने सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको छ । ब्यूरो स्रोतका अनुसार खड्गीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरिया पुर्‍याएका थिए । खड्गी र अन्य एक जना दक्षिण कोरियाबाट फर्केपनि अरु उतै बसेका थिए ।



Nick Name     
comment   




कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न


कोरियामा ३८ डिग्रीको गर्मीमा पनि नेपाल डे भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com