nepalikorea

नेपाली संघीय समाज कोरिया द्वारा बृहत अन्तरक्रीया कार्यक्रमको तयारी पुरा
[2018-02-09 오전 6:01:00]

संघिय समाजवादी फोरम नेपालको बिश्वको बिभीन्न मुलुकमा प्रवास संगठन रहे पनि कोरियामा भने २०१३ मा नेपाली संघिय समाज दक्षिण कोरिया स्थापना भएको हो l नेपाली संघीय समाज दक्षिण कोरिया ले स्थापनाकाल देखि नै बिभिन्न सम-सामहिक बिषय मा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्ष रूप मा नेपाली समाज रूपांतरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको देखिन्छ l नेपाल मा हालै सम्पन्न बिभिन्न तह को निर्वाचन मा पनि सन्तोषजनक जित हाशिल गरेका छन l

त्यसै गरी प्रवाश संगठन नेपाली संघीय समाज दक्षिण कोरियाले पनि जातिया मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद भन्ने मूल नाराका साथ पहिचान र समृद्धि नेपाल निर्माणको लागि अवको भूमिका बिषयक बृहत अन्तर्कृया कार्यक्रम यही फेब्रुअरी १६ तारिक आयोजना गर्न लागिरहेको र सम्पूर्ण तयारी भएको सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले सञ्चार माध्यमलाई जानकारी दिनू भयो l

उक्त बृहत अन्तर्कृया कार्यक्रम मा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर राई काङमाङ यही १५ तारिक ईन्छन अन्तर्राष्ट्रीय विमान स्थल हुँदै कोरिया आउने भएका छन l

नेपाली संघीय समाज दक्षिण कोरियाले यही फेब्रुअरी १६ तारिक हवासु बिल्डिङ, हेवादोङ,सिओलमा आयोजना हुन गईरहेको उक्त बृहत अन्तर्कृया कार्यक्रम सफल बनाउन कोरिया मा क्रियाशील सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारि,पत्रकार, विधार्थीहरु लगयात सम्पुर्ण कोरियावाशी नेपाली दाजुभाई दिदीबहिनीहरुमा उपास्थित भई दिन हुन नेफेसो कोरियाको अध्यक्ष महेंद्र राईले आह्वान गर्नु भएको छ l



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com