एजेन्सी

ताइवानमा भूकम्पमा परी दुई जनाको मृत्यु, दर्जनौ भवन भत्किए
[2018-02-07 오후 6:41:00]

ताइवानमा ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । भूकम्पका कारण दर्जनौ भवन भत्केका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेटमा भूकम्प जाँदा अधिकांश मानिस निन्द्रामा थिए ।

भूकम्पलगत्तै भागदौड मच्चिदा सयौं घाइते भएका हुन् । मूख्य शहरमा रहेको एक होटेल भासिएकाले होटेलका थुप्रै कर्मचारी फसेको बताइएको छ ।

१० तलाको होटेल भासिँदा तल्लो तलामा रहेका कर्मचारी फसेका हुन् । होटेलका २८ कर्मचारीलाई भने उद्धार गरिएको छ । उद्धारमा सेना, प्रहरी स्थानीय खटेका छन् ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com