NK REPORTER

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–४ को पोखरामा मतदान सम्पन्न
[2018-02-07 오후 6:29:00]

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–४ को पोखरामा मतदान सम्पन्न भएको छ । बुधबार बिहान १० बजे सुरु भएको मतदान दिउँसो साढे १२ बजे नै सम्पन्न भएको हो ।

३ बजेसम्म मतदान चल्ने बताइएपनि साढे १२ भित्रै मतदान सम्पन्न भएको जनाइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशमा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी १७० जना तथा प्रदेशसभा सदस्य ६० गरी २३० जना मतदाता रहेका थिए । जसमा दीपक मनाङेबाहेक २२९ जनाले नै मतदान गरेका छन् ।

लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा भएको निर्वाचनमा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको थियो ।

मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना सुरु गर्ने गरी तयारी गरिएको छ ।



Nick Name     
comment   




अन्र्तराष्ट्रिय स्तरको कार्यक्रम गर्दे छौ–आयोजक सदस्यहरु,राईज फर नेपाल कन्सर्ट


श्रम सहचारी बास्तोलालाई स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com