NK REPORTER

सुमार्गीको रकम नरोक्न सर्वोच्चको आदेश
[2018-02-06 오후 9:22:00]

सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीले वैदेशिक लगानीका नाममा विदेशबाट ल्याएको करिब सवा २ अर्ब रुपैयाँ नरोक्न अन्तरकालिन अन्तरिम आदेश दिएको छ।

मंगलबार, न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बाँकी रहेको रकम रोक्नुपर्ने कुनै स्पष्ट कानूनी आधार र कारण नदेखिएको भन्दै निवेदकको मागअनुसार तत्काल भुक्तानी गराउन नरोक्नू भन्ने आदेश दिएको हो। मुक्तिश्री प्रा.लि.ले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिकरूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

रिट निवेदनको विषय गम्भीर भएको भन्दै फागुन २ गते वृहत्तर छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेशसमेत दिएको छ।

‘पैसा रोक्ने कानुनी कारण आधार वस्तुगत रुपमा देखिन नआउँदा रोक्नुपर्ने अवस्था रहेन। त्यसकारणले विषयको गम्भीरताले दुवै पक्षलाई राखि वृहत्तम रुपमा छलफल गर्न उचित हुने भएकाले छलफलका लागि २०७४ साल फागुन २ गतेका निम्ती दुवैपक्षलाई बोलाउनु,’ न्यायाधीश केसीको इजलासले भनेको छ ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com