NK REPORTER

भक्तपुरमा ५ वर्षीया बालिका समेत बलात्कारको शिकार
[2018-02-05 오후 6:34:00]

भक्तपुरको कमलविनायकमा एक ५ वर्षीया बालिका समेत बलात्कारको शिकार भएकी छन् । प्रहरीले ५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै कमलविनायकबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा ललितपुर बुङमति घर भइ कमलबिनायक बस्दै आएका १८ वर्षीय वसन्त तामाङ छन् । कोही नभएको मौका पारेर बसन्तले आफ्नो कोठामा लगेर ५ वर्षिया बालिकामाथि जबरजस्तीकरणी गरेका थिए ।

अभिभावकले बालिकामाथि जबरजस्तीकरणी गरेको भन्दै बसन्तविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बसन्तमाथि थप अनुसन्धान गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com